विराटनगर । प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताु को समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।
धनगढीको फाप्ला मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै प्रदेश १ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
प्रदेश एकले दिएको एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ विकेट गुमाएर ४७ रन मात्रै बनाउन सक्यो ।
उसका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश एककी रुबिना क्षेत्रीले तीन र अलिसा खडियाले दुई विकेट लिए ।