एमसीसीबारे साझा धारणा बनाऔं : डा. भट्टराई

काठमाडौं । मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन् ।

उनले सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।

‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ । यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।

यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।

सोमबार, ०५ पुष, २०७८, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर