३३३ ग्राम सुनसहित एक बंगलादेशी पक्राउ

काठमाडौं । करिब ३३३ ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् ।

हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्‍यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ ।

पुस ५, २०७८, दिउँसोको ०४:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर