कांग्रेस सहमहामन्त्रीमा मन्सुर र राठौर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।

सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी वकिल शेखले नौ सय पाँच मतले कम अर्थात् एक हजार आठ सय ७१ मत प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्रीमा निर्वाचित मन्सुर सभापति शेरबहादुर देउवा समूहबाट र शेख डा.शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए ।

समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।

यस्तै खसर-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन्। राठौरले दुई हजार पाँच सय ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे । किशोरसिंहले देउवा र देवराजले कोइराला समूहबाट उम्मेदवार बनेका थिए ।

कांग्रेसका आठ वटा सहमहामन्त्री पदमध्ये अब तीन वटा क्लस्टरका सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ ।

यसअघि हिजो बिहीवार सहमहामन्त्रीमा महिला खुलातर्फ डिना ९महालक्ष्मी० उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भईसकेका छन् ।

-उज्यालो अनलाईन

शुक्रबार, ०२ पुष, २०७८, साँझको ०५:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर