झापामा धानको थुप्रोमा आगलागी हुँदा अढाई लाख क्षति

विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिका ४ मा काटेर राखेको धानमा आगलागीा भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मीका अनुसार गौरिगञ्ज गाउँपालिका ६ खजुरगाछीका राजन महतोको ४ बिगाहा खेतको धान काटेर राखेको थुप्रोमा गए राती आगलागी हुँदा सम्पूर्ण धान नष्ट भएको हो । आगो प्रहरी तथा स्थानीय मिलेर नियन्त्रणमा लिए थिए ।

धान काटेर थ्रेसर गर्न तयारी अवस्थामा राखिएको धानको थुप्रोमा आगलागी हुँदा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको पीडित राजनको भनाइ छ। धानमा कसैले आगो लगाएको हुन सक्ने स्थानीयको आशङ्का छ। घटनाका बारे थप अनुसन्धान भइरहेको गौरीगञ्ज प्रहरीले जनाएको छ।

पुस २, २०७८, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर