माओवादी केन्द्र प्रदेश १ को कोषाध्यक्षमा मदन चुँडालको दाबी

विराटनगर । नेकपा (माओवादी केन्द्र)को प्रदेश नम्बर १ को कोषाध्यक्षमा सुनसरी इटहरीका मदन चुँडालले कोषाध्यक्षमा दाबी गरेका छन् ।

अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष प्रदेश एकका युवा विद्यार्थी माझ लोकप्रिय नेता चुँडालले कोषाध्यक्षमा दाबी गरेका हुन् ।

चुडालले भने पाटीमा योगदान गर्न र पदको मर्यादा बचाउन आफ्नो कोषाध्यक्षमा दाबी रहेको बताएका छन् ।

कोषाध्यक्षमा हालसम्म कसैले दाबी प्रस्तुत नगरेको कारण आफू नै सहमतिमा चुनिने उनको भनाइ छ । माओवादीको आगामि पुस ७ गते बस्ने प्रदेश समितिको बैठकले पदाधिकारीको टुंगो लगाउने जनाइको छ ।

पदाधिकारीमा रहेर माओवादीको सङ्गठनात्मक गतिलाई प्रभावकारी बनाउने आफ्नो योजना रहेको चुँडालको भनाइ छ । उनी लामो समयदेखि पाटीको मूलधारमा सक्रिय युवा नेता हुन्।

‘अब पार्टीको प्रदेशको सङ्गठन कस्तो बनाउने भन्नेमा हामीले ध्यान दिनुपर्छ। केन्द्रसँग समन्वयदेखि सङ्गठन सुदृढीकरणका विषयमा पनि सक्रिय हुनुपर्छ। त्यसैले पनि म कोषाध्यक्षका लागि दाबी गरिरहेको छु।’ पार्टीको सामाजिक, राजनीतिक र सङ्गठनात्मक सँगै आर्थिक पक्ष पनि पारदर्शी हुनुपर्ने उनको भनाइ रहेको छ ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको ०३:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर