विराटनगर । पदाधिकारीकाे टुंगाे लगाउन भन्दै माओवादी केन्द प्रदेश १ काे बैठक विराटनगरमा सुरू भएकाे छ ।
अग्रज र पुराना माओवादी नेता कमरेड महेश टंक गिरीकाे अध्यक्षतामा र प्रमुख अतिथि राम कार्की पार्थकाे उपस्थितिमा बैठक सुरू भएकाे हाे । बैठककाे
संचालक प्रदेश सहईन्चार्ज सावित्रीकुमार काफ्लेले गरेका छन् । बैठककाे एजेन्डाबारे केही समय विवाद सिर्जना भएकाे थियाे । यद्यपि अहिले बैठक सुरू भएकाे छ । बैठकमा अध्यक्षका आकांक्षी हेमराज भण्डारी, सुरेशकुमार राई र ईन्द्रबहादुर आङ्बाेले आफ्नो धारणा राख्ने क्रम सुरू भएकाे छ ।
बैठकका एजेण्डाहरू
१) श्रद्धाञ्जली
२) पदाधिकारी चयन
३) कमिटीकाे पूर्णता
४) अधिवेशनमा प्राप्त सुझावलाई समेटेर पूर्णताबारे
५) समसामयिक प्रस्तावबारे
६) राष्ट्रिय सम्मेलनमा सहभागीताबारे
७) पालिका अधिवेशनलाई पूर्णता दिनेबारे
८) विविध
क) आलाेचना र आत्माआलाेचना