प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् ।

नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए ।
नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्तिहरु यहाँ छन् ।
अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’

 अनलाईन खबरबाट ।

बुधबार, २९ मंसिर, २०७८, दिउँसोको ०२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर