राष्ट्रिय सभामा माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारी अछामीलाई

राष्ट्रिय सभामा माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारी अछामीलाई

विराटनगर । नेकपा माओवादी केन्द्रका गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतक र सचिवको जिम्मेवारी तोकेको हो ।

बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्