लोड हुँदैछ...

मेनु

संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीयरसर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।

आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसदले बताए ।

-अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।