लोड हुँदैछ...

मेनु

निधिको पनि सर्मथन देउवालाई नै

निधिको पनि सर्मथन देउवालाई नै

विराटनगर। नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर्ने जानकारी गराएका थिए ।

तस्विर :उज्यालो अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।