महिलाहरुद्धारा अग्र्यानिक तरकारी खेतीको सुरुवात

विराटनगर । छिमेकी मुलुकबाट आयातित रसायनिक मल प्रयोगबाट उत्पादीत तरकारीले नेपाली सब्जि बजार धानेको देखिन्छ । अघिल्लो दिन किनेर घर लगेको साग,सब्जि तथा फलफुल भोलिपल्ट सम्म खान लायक रहैँदन भने त्यसको सेवनले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । यसै कुरालाई मध्यनजर गर्दै मोरङको उर्लाबारीमा महिलाहरुले सामुहिक रुपमा अग्र्यानिक तरकारी तथा कृषी फार्मको सुरुवात गरेका छन् ।

५ जना महिलाहरु मिलेर अन्नपुर्ण महिला कृषि टेक प्रालि दर्ता गरेर सामुहिक कृषि खेतिमा लागि परेका हुन् । कोरोना महामारीले निम्ताएको लकडाउन बाट सिक्दै आफुहरुले अग्र्यानिक तरकारी साथै कृषि पेशालाई अँगालेको समीतिकी अध्यक्ष उमा भण्डारीले बताईन् । उनले भनिन्,“अहिलेको वर्तमान समयमा रासायिनक मलको प्रयोग गरि उत्पादन गरिएको साग सब्जि,मासु तथा दुग्धजन्य पदार्थले बजार भरिएको छ ।

जस्ले मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । यसलाई मध्यनजर गर्दै रसायनिक पदार्थको प्रयोगलाई निरुत्साहित गरि अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्न लागेका हौँ ।” साथै उनले तरकारी सँगै गाई तथा बाख्रा कुखुरा पाल्न पनि सुरुवात गर्ने बताईन । गाई पालनको लागि भवन बनाउने काम भै रहेको र बनि सक्ने बित्तिकै गाई ल्याउने अध्यक्ष भण्डारीले बताईन् ।

अग्र्यानिक उत्पादनले मानव स्वास्थ्यलाई मात्रै नभई वातावरणीय पर्यावरण र जमिनलाई समेत फाईदा गर्छ त्यसैले यस तर्फ लागेको प्रालिकी सदस्य गिता बुढाथोकी बताईन् । प्रा.लि.ले अहिले दुई कठ्ठा क्षेत्रफमा आलु रोपेको छ भने गाई तथा बाख्राको लागि घाँस छर्न तयारी गरेको छ । साथै एक परिवारलाई तरकारी खेतीको रेखदेख गर्न रोजगार समेत दिएको छ ।

 

मंसिर २७, २०७८, दिउँसोको ०३:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर