राहत शिक्षक ताप्लेजुङको चौथो अधिवेशनबाट अध्यक्षमा प्याकुरेल

ताप्लेजुङ । नेपाल राहत शिक्षक समिति ताप्लेजुङको चौथो अधिवेशनबाट रमेश प्याकुरेलको अध्यक्षतामा २३ सदस्यीय समितिको टुंगो लगाएको छ ।

समितिको सहअध्यक्षमा लक्ष्मीप्रसाद चुँडाल, उपाध्यक्षमा चेतन खतिवडा, महिला उपाध्यक्षमा कल्पना गुरुङ र उपाध्यक्षमा सुशिला बराल गौतम चयन भएका छन् । यस्तै सचिवमा दिलेन्द्र राई, सहसचिवमा पर्शुराम दाहाल र कोषाध्यक्षमा जानुका गौतम सर्वसम्मत चयन भएका हुन् । सदस्यहरुमा गणेश भण्डारी, हरेराम भट्टराई, प्रदिप डाङ्गी, दिनानाथ भण्डारी, हरिप्रसाद तामाङ, दिपेश सेन्दाङ, राजेन्द्रराज भट्टराई, जयनारायण आचार्य, कुशल लिम्बू, हरि प्रसाद विक र फूलमाया तामाङ रहेका छन् ।

अधिवेशनमा राहत शिक्षक समितिका केन्द्रीय बरिष्ठ सहअध्यक्ष वीरेन्द्र मल्ल, उपमहासचिव डम्बर राई, नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्र प्रकाश गौतमलगायतको उपस्थिति थियो । ताप्लेजुङमा ३५० जना र प्रदेश १ मा मात्रै करिब ९ हजार राहत शिक्षक कार्यरत छन् ।

शुक्रबार, २४ मंसिर, २०७८, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर