पथरी । माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन पथरीशनिश्चरेको अधिवेशनबाट उपेन्द्र बस्नेत अध्यक्षमा निर्विरोध चयन भएका छन् । आज (शनिबार) माओवादी केन्द्र नगर पार्टी कार्यालयमा सम्पन्न नगर अधिवेशनले बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको हो ।
अधिवेशनबाट संगठनको वरिष्ठ उपाध्यक्षमा धनश्याम ढकाल, महिला उपाध्यक्षमा रामकुमारी राई, उपाध्यक्षमा सुरेश कटुवाल, सचिवमा नरेन्द्र घिसिङ चयन भएका हुन् । नगर कमिटीको सह–सचिवमा सन्त राई र कोषाध्यक्षमा भुपाल ठटाललाई चयन गरिएको छ ।
यसैगरी, सदस्यहरुमा डिना लिम्बू, विष्णुप्रसाद पोखरेल, मनिषा कटुवाल, लालबहादुर कटुवाल, तिलबहादुर जोगी, गणेश विष्ट रहेका छन् । यस्तै, भक्ति रेग्मी, राजकुमार सोल, यादव घिमिरे रहेका छन् । अन्य ६ जना सदस्य भने पछि मनोनित गरिने बताइएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवं माओवादी केन्द्र जिल्ला सह–ईञ्चार्ज कुशल लिम्बू, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, शिक्षक महासंघका केन्द्रीय उप–महासचिव दिनानाथ तिम्सिना, संगठनको प्रदेश सचिव भूमिका मगरलगायतको उपस्थिति रहेको थियो ।