संखुवासभामा एमाले अधिवेशन : ६ स्थानीय तह सर्वसम्मत

संखुवासभा । नेकपा एमाले संखुवासभाको अधिवेशन ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका १० पालिका मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले संखुवासभाका अध्यक्ष जितबहादुर घिमिरेले जानकारी दिए । चार पालिकामा भने नेतृत्व चयन हुन नसकेपछि अधिवेशन स्थगन भएको छ ।

खाँदबारी नगर कमिटीको अध्यक्षमा देवेन्द्र घिमिरे सर्वसम्मत चयन भएको छन् । उपाध्यक्ष जेविन राई, सचिव झलक बुढाथोकी, उपसचिव शान्ता थापा र सरोज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

धर्मदेबी नगर कमिटीको अध्यक्षमा सूर्य पौडेल सर्वसम्मत चयन भएका छन् । भने उपाध्यक्ष कबिता श्रेष्ठ, सचिब चन्द्रकुमार पौडेल, उपसचिव सोमकुमारी राया (सोभा) र टिकाराम दाहाल चयन भएको घिमिरेले बताए ।

मादी नगर कमिटीको अध्यक्षमा जिवन लिङ्थेप चयन भएको छन् । उपाध्यक्ष रामभक्त दाहाल, सचिव गिरिराज भण्डारी, उपसचिव खड्ग दर्जी र टंकप्रसाद दाहाल चयन भएका छन् । पाँचखपन नगर कमिटीको अध्यक्षमा गोपाल श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा गायत्री दाहाल, सचिव राजन खड्का, उपसचिव सुवास मोक्क्तान र ऋषि श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै चिचिला गाउँपालिका अध्यक्षमा लोकबहादुर घले चयन भएका छन् । उपाध्यक्ष उमा गुरूङ, सचिब राजकुमार राई, उपसचिब अनिश गुरुङ र जयबहादुर गुरुङ चयन भएका छन् । मकालु गाउँपालिकाको अध्यक्षमा ताराकुमार गुरुङ चयन भएका छन् । उपाध्यक्ष डिल्ली राई, सचिव वसन्त मेघी गुरुङ, उपसचिव सुबास पोखरेल र देशन राई सर्वसम्मत चयन भएका छन् । चैनपुर नगरपालिका, भोटखोला, सभापोखरी र सिलिचोङ गाउँपालिकाको अधिवेशन भने विवादका कारण पछि सरेको नेकपा एमाले संखुवासभाले जनाएको छ ।

बुधबार, १० कार्तिक, २०७८, रातीको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर