सुनवर्षी नगरपालिकाद्वारा ७० जना किसानलाई च्याफकटर र काउ म्याट वितरण

बिराटनगर। सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर र ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नंं ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो ।

सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० जना किसानलाई सो सामग्री वितरण गरिएको पशुपंक्षी शाखाका नायब पशु स्वास्थ्य प्राविधिक रंजित कुमार झाले बताए । उनका अनुसार आजको कार्यक्रममा २० जना किसानलाई च्यफकटर र २६ समुहका  किसानलाई काउ म्याट वितरण गरिएको हो ।

सुनवर्षी नगरपालिकको किसानहरुको समस्यामा सधै हाम्रो साथ सहयोग रहन्छ अबिरल बर्षा र बाढीले जति पनि किसानहरुको धान नष्ट भएको छ सबै किसानहरुको बिवरण संकलन गरेर उचित सहयोगको व्यवस्थापन हामीले गर्ने छौ र माथिल्लो निकायसंग पनि समन्वय गरेर राहतको प्याकेज उपलब्ध गराउने छौ मेयर  दासले बताए।

सुनवर्षी नगरपालिक अनतर्गत फर्म दर्ता गराएका उत्कृष्ट किसानहरुलाई सो सामग्री वितरण गरिने योजना रहेको झाले बताए । कार्यक्रममा नगर प्रमुख काली प्रसाद दास, उपमेयर मंजु राई, वडा नं. ९ का अध्यक्ष कमल किसोर सिंह, अनिल कुमार झा, अभिमन्यु दास सहितको उपस्थिती रहेको थियो ।

बुधबार, १० कार्तिक, २०७८, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर