लोड हुँदैछ...

मेनु

साफ उपविजेता फुटबल खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने

साफ उपविजेता फुटबल खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने

काठमाडौं । साफ उपविजेता खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीलाई ५–५ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । टोलीले फाइनल उपाधिका लागि भारतसँगको प्रतिस्पर्धामा पराजित भएको थियो ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले खेलाडीलाई ५–५ लाख नगद र प्रशिक्षकलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।