प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५५, मोरङमा ४६, सुनसरीमा २७, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ११, भद्रपुर र मेचीनगरमा ८–८, दमकमा ७, कनकाई र अर्जुनधारामा ६–६, झापा गाउँपालिकामा ३, गौरादह, कचनकवल, बुद्धशान्ति, बाहृदशी, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचा र बुढीगंगामा ३–३, कटहरी, कानेपोखरी, मिक्लाजुङ र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा १९, धरानमा ४, रामधुनीमा २, गढी र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, देउमाई र रोङमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९३ महिला र ७२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार, २५ असोज, २०७८, रातीको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर