लोड हुँदैछ...

मेनु

लुटपाटमा दुई भारतीय संलग्न, भाग्न खोज्दा लुटेराको तिग्रामा गोली, पेस्तोल बरामद

लुटपाटमा दुई भारतीय संलग्न, भाग्न खोज्दा लुटेराको तिग्रामा गोली, पेस्तोल बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । बैंक लुट्ने प्रयास असफल भएपछि को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक बिजय बहरदार फरार भएपछि बायाँ खुट्टामा गोली लागेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङदेखि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल बाँसझ्याङमा रातो कपडाले बेरेको अवस्थामा बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डिएसपी मन्जिल मुकारूङ घटनास्थलमा छन् । अहिले घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए । उनले तीन जना पक्राउ परेको जानकारी दिएका छन् । बैंकका कर्मचारीले दिएको जानकारी अनुसार सोमबार दिउँसो आठ जनाको संख्यामा लुटेराको समूह आएको बताएका छन् । ‘अहिले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ,’ एसपी जिसीले भने, ‘हामीले अनुस्न्धान सुरू गरेका छौं । यस घटनामा अरुको पनि संलग्न हुनसक्छ । हामीले खोजी कार्य जारी राखेका छौं ।’

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

राजेन्द्र
October 11, 2021 7:32 PM

अति उत्तम कार्य ,सिमामा रहेको प्रहरी हाइ एलर्ट मा रहनु पर्ने भयो ,न कि पोका पोतेरा मा मात्र

मोतीराम ढुङ्गाना
October 11, 2021 11:34 PM

नाकामा त्यहाका स्थानीयले कर्सियाबाट बैंक लुटेर भाग्दै ाआएको खवर पाएपछी स्थानीय हरुले बाटो छेकेर पक्रेका हुन । लुटपाटमा संलग्न हरु बेग्लाबेग्लै बाटो भागेकाले एउटा मो सा मा भएका तीन जना चेै पक्राउ परेका हुन । प्रहरीले पछी हिरासत मा लिएको हो । लुटपाटमा कति पैसा लुटियो अझेै किन अस्पष्ट छ? यो गम्भीर बिषयहो र अझेै सार्वजनिक भएको छैन किन? दुईसय मिटर पर रहेको प्रहरी ाआइपुग्न २० मिनेट लाग्छ फेरी प्रशासनिक वेवास्ता र कडाइ न्यून भएको अवस्थामा घटना भएको छ लकडाउनको बेला एक एक घण्टा नभइ पसल बन्द गराउन सक्रिय प्रशासन अहिले अझ चाडपर्वको बेला किन निष्क्रिय भएको होला ?

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds