लुटपाटमा दुई भारतीय संलग्न, भाग्न खोज्दा लुटेराको तिग्रामा गोली, पेस्तोल बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । बैंक लुट्ने प्रयास असफल भएपछि को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक बिजय बहरदार फरार भएपछि बायाँ खुट्टामा गोली लागेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङदेखि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल बाँसझ्याङमा रातो कपडाले बेरेको अवस्थामा बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डिएसपी मन्जिल मुकारूङ घटनास्थलमा छन् । अहिले घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए । उनले तीन जना पक्राउ परेको जानकारी दिएका छन् । बैंकका कर्मचारीले दिएको जानकारी अनुसार सोमबार दिउँसो आठ जनाको संख्यामा लुटेराको समूह आएको बताएका छन् । ‘अहिले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ,’ एसपी जिसीले भने, ‘हामीले अनुस्न्धान सुरू गरेका छौं । यस घटनामा अरुको पनि संलग्न हुनसक्छ । हामीले खोजी कार्य जारी राखेका छौं ।’

सोमबार, २५ असोज, २०७८, साँझको ०७:२३ बजे

प्रतिक्रिया

  1. अति उत्तम कार्य ,सिमामा रहेको प्रहरी हाइ एलर्ट मा रहनु पर्ने भयो ,न कि पोका पोतेरा मा मात्र

  2. नाकामा त्यहाका स्थानीयले कर्सियाबाट बैंक लुटेर भाग्दै ाआएको खवर पाएपछी स्थानीय हरुले बाटो छेकेर पक्रेका हुन । लुटपाटमा संलग्न हरु बेग्लाबेग्लै बाटो भागेकाले एउटा मो सा मा भएका तीन जना चेै पक्राउ परेका हुन । प्रहरीले पछी हिरासत मा लिएको हो । लुटपाटमा कति पैसा लुटियो अझेै किन अस्पष्ट छ? यो गम्भीर बिषयहो र अझेै सार्वजनिक भएको छैन किन? दुईसय मिटर पर रहेको प्रहरी ाआइपुग्न २० मिनेट लाग्छ फेरी प्रशासनिक वेवास्ता र कडाइ न्यून भएको अवस्थामा घटना भएको छ लकडाउनको बेला एक एक घण्टा नभइ पसल बन्द गराउन सक्रिय प्रशासन अहिले अझ चाडपर्वको बेला किन निष्क्रिय भएको होला ?

प्रतिक्रिया:

सम्बन्धित खवर