सुरक्षा गार्डको बयान : बैंक लुट्न आठ जना आएका थिए, पेस्तोल खोस्दा गोली हान्यो

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजार सोमबार अन्य बेलाको भन्दा दशैंले गर्दा भीडभाड र चहलपल थियो ।

दिउँसोदखि कर्सिया बजारमा रहेको सिटिजन्स बैंकमा पैसा जम्मा गर्ने र झिक्नेको भीडभाड रहेको थियो । त्यही बिचमा ८ जनाको समूह बैंकभित्र प्रवेश गर्यो । सुरक्षा जाँच नगरी प्रवेश गरेका लुटेराको समूहमध्ये दुई जनाले पेस्तोल निकाले । ‘बैंक भित्र प्रवेश गरेर लुटेरा समूहले पेस्तोल निकालेपछि होहल्ला भयो र त्यही बिचमा सुरक्षा गार्ड सितल कुमाल पेस्तोल खोज्न पुगे । एक जना लुटेको पेस्तोल खोसेपछि अर्को लुटराको हातमा रहेको पेस्तोलले सितलको कुममा गोली लाग्यो । त्यसपछि एक्कासी बेहोस भएछु । अहिले होस आउँदा हस्पिटलमा रहेको छु,’ घाइते सितलले सुनाए ।

लुटेराको गोली लागेको कुमालको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खरातामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।

कुमाल पूर्व नेपाली सेना हुन् । रंगेली नगरपालिका ३ बबिर्याविता घर भएका कुमाल गत जेठ १ गते सेनाबाट रिटार्यर भएर बैंकमा जागिर सुरु गरेका थिए । उनले कर्सियाको बैंकमा असोज १ गतेदेखि जागिर सुरु गरेका थिए ।

तस्बिर : लुटेराको गोली लागी घाइते भएका कर्सियास्थित सिटिजन्स बैंकका सुरक्षागार्ड विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत ।

सोमबार, २५ असोज, २०७८, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर