लोड हुँदैछ...

मेनु

जेसिज राष्ट्रिय अध्यक्षमा विराटनगरका पौडेलको उम्मेदवारी

जेसिज राष्ट्रिय अध्यक्षमा विराटनगरका पौडेलको उम्मेदवारी

विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगरका युवा उद्यमी श्यामसुन्दर पौडेल (मिलन) ले उम्मेदवारी दर्ता गराएका छन् ।आउँदो पुस १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षका लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

युवाबीच लोकप्रिय रहेका पौडेलले यसअघि जेसिजको विभिन्न पदमा रहेर महत्वपूर्ण जिम्मेवारी पुरा गरिसकेका छन् । उनी संस्थामा अनुभवले खारिएका र क्रियाशील व्यक्तिको रुपमा परिचित छन् ।

सामाजिक कार्यमा पनि सक्रिय पौडेल निबर्तमान नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष हुन् । यसअघि राष्ट्रिय उपाध्यक्ष र विराटनगर जेसिजको अध्यक्ष भएर युवाहरूको नेतृत्व विकासमा सक्रिय रहेका पौडेलले सक्षम युवा निर्माण गर्नका क्रियाशील भएर लागिपर्ने बताएका छन् । ‘समग्र युवाहरूको क्षमता अभिवृद्धि गर्दै उधमशील युवा बनाउनका लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छु,’ उनले भने, ‘नेतृत्व र ब्यक्तित्व बिकासमात्र नभएर अब युवा उधमशील तर्फ पनि अगाडि बढनुपर्छ भन्ने मेरो मूल्य मान्यता हो ।’ जेसिजका युवा हरेक क्षेत्रमा अब्बल भएर निस्कनु पर्ने र त्यस्ता युवाहरु निर्माण गर्न आफू सधै क्रियाशील भएर लागि पर्ने उनले बताए । ‘समाजका जुनसुकै क्षेत्रमा चाहे त्यो राजनीति होस वा अन्य ब्यबसाय या त कुनै उद्यम हरेक क्षेत्रमा सक्षम युवा निर्माण गर्नका लागि आफू लागि पर्नेछु,’ उनले भने ।

 

यस अघि पौडेलले बर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेदवारी पनि दिएका थिए । तर, उनले सहमति र सहकार्यका लागि आफ्नो उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता लिएका थिए । जेसीजको राष्ट्रिय अध्यक्षको लागि पौडेलको पालो पनि आइसकेकोले उनले सबै जेसिजको साथ सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विराटनगरस्थित मोरङ सहकारी अस्पताल, कोशी हेल्थ कलेज, निको अस्पतालको संचालक समेत रहेका पौडेल जेसीज अभियानमा समर्पित हुँदै जेसीजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा सहभागी भइसकेका छन् । उनी उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९, उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८ बाट समेत राष्ट्रिय स्तरमा पुरस्कृत भइसकेका छन् । उनी राष्ट्रिय पदाधिकारी रहदा १५६ शाखाको भ्रमणगरी हरेक जेसिजका सदस्यहरुसँग हातेमालो गर्दै अघि बढेका छन् ।

नेपाल जेसिजको राष्ट्रिय अधिबेशन आउँदो पौष १,२,३,४ गतेसम्म पोखरामा हुदैछ । उक्त सम्मेलनमा देशभरीका जेसिजका १६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्ने गर्छन । सम्मेलनबाट राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारी निर्वाचित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।