मिल्स भेट्रान सुरू : उद्घाटन खेलमा युनाइटेड विजयी

विराटनगर । विजया दशमीको अवसर पारेर विराटनगरमा नगरस्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटेड भेट्रान क्बल क्वारटफाइनलमा प्रवेश गरेको छ । युनाइटेडका निरन्जन बस्नेतले ६, रमेश श्रेष्ठले ३ र मनिष न्यौपानेले एक गोल गरि टिमको जित सुनिश्चित गरेका थिए ।

खेलको पहिलो हाफमा ४–० गोलले युनाइटेडले अग्रता लिएको थियो । दोस्रो हाफपछि चार गोल गरि युनाइटेकले जित निकालेको हो । खेलको म्यान अफ द म्याच ६ गोल गर्ने युनाइटेडका निरन्जन घोषित भए । प्रतियोगिताको शुक्रबार दुई वटा खेल हुने अध्यक्ष इन्द्रराज थापाले जानकारी दिए । पहिलो खेल विहान ७ बजेदेखि मर्निङ्ग फुटबल क्लब र तालिम केन्द्रबीच हुनेछ ।

सोही दिन दिउँसो साढे २ बजे टिडब्लुवाइसी र विराटबुद्ध फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विराटनगरभरीका १० वटा टिम सहभागी छन् । असोज २८ गते प्रतियोगिता फाइनल हुनेछ । बिजेताले २५ केजीको खसी पाउनेछन् । उपबिजेताले १५ केजीको खसी रहेको छ ।

प्रतियोगिताको उद्घाटन विराटनगर १५ का वडाअध्यक्ष असलम आमले गरेको थिए । उनले खेलकुद क्षेत्रका विकास स्थानीय तह लागि परेको बताए । उनले खेलकुद क्षेत्रको विकास गरेमात्र खेलाडी व्यवसायिक बन्ने भएकोले वडा र महानगरपालिका खेलकुद क्षेत्रको विकासमा लागि परेको बताए ।

बिहिबार, २१ असोज, २०७८, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर