विराटनगर । सुन तस्करी मुद्दामा नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीदेखि गोरेका श्रीमती र सुनमा लगानीकर्तासम्मले सफाइ पाएका छन् ।

चर्चित सुन तस्करी मुद्दामा अभियोग दर्ता भएको चार वर्षपछि ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ४८ जनाले चार वर्षपछि सफाइ पाएका हुन् । सफाइ पाउनेमा नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दबहादुर निरौलासहित ४८ जना छन् ।

यसरी सफाइ पाउनेमा तत्कालिन एसएसपी हालको डिआइजी दिवेश लोहनी, एसएपपीद्वय श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, प्रहरी जवान अमरबहादुर थापा मगर र प्रहरी हवल्दार विष्णुबहादुर खड्का रहेका छन् । यसैगरि विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोद्दार, भुजुङ गुरूङ, डेबिट भन्ने छिरिङ बाङले घले, राजेन्द्रकुमार शाक्यले पनि सफाइ पाएका छन् ।

मुद्दामा गोरेको श्रीमति निरु भन्ने नर्वदा खरेल उप्रेतीले पनि सफाइ पाएकी छिन् । चाचाजी भन्ने चेतननाथ भण्डारी, प्रमोदबहादुर श्रेष्ठ, हरीशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुन्यप्रसाद तामाङ, चन्दन भनिने विरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरी कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारुले सफाइ पाएको अदालतले जनाएको छ ।
मुद्दामा अमरमान ढंगोल, मोतिराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भन्ने बालकुमार खड्काले सफाइ पाएको स्रेस्तेदार राणाले जानकारी दिए ।

फरार २१ को मुद्दा ‘मुल्तबी’मा
सुन तस्रकी र हत्या मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा फरारसहित ७७ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । जसमध्ये ५६ जना पक्राउ परेका थिए । २१ जना फरार छन् । मुद्दाको अन्ति सुनवाइ हुने क्रममा पनि उनीहरू उपस्थित नभएपछि मोरङ अदालतले २१ प्रतिवादीलाई अदालतले मुल्तबीमा राखेको सूचना अधिकारी राजेन्द्र धमालले जानकारी दिए ।
फरार रहेकाहरुको हकमा फैसला भएको छैन । अदालतमा उपस्थित भएको खण्डमा उनीहरूको हकमा फैसला हुनेलाई मुल्तबी भनिन्छ ।

को हुन् २१ फरार अभियुक्तहरु

साढे ३३ किलो सुन तस्करी मुद्दामा अझै २१ जना अभियुक्त फरार छन् । फरार हुनेहरूमा सुरेन्द्र गौतम, मो.सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, एम मामा भन्ने मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल र रमेश उप्रेती छन् । यस्तै अभियुक्तहरु कलम कार्की, मणीराज चौलागाई, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओम प्रकाश नेवार, आर, वि भन्ने सन्दिप खड्का रहेका छन् ।