लोड हुँदैछ...

मेनु

विराटनगरमा ९० दिने ब्युटिसियन तालिम सुरु

विराटनगरमा ९० दिने ब्युटिसियन तालिम सुरु

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा ९० दिने सहायक ब्युटिसियन तालिम सुरू भएको छ ।

जिभ करियर ईन्सिच्युट प्रा.लि (जेसिआई) नेपालको आयोजना तथा तागेरा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर विराटनगरको सहकार्यमा ९० दिने सहायक ब्युटिसियन विराटनगरमा तालिम सुरू भएको हो ।

९० दिने तालिमको उद्घाटन विराटनगर महानगरपालिका ९ का वडाअध्यक्ष विश्वनाथ भगतले गरे । उद्घाटन कार्यक्रममा जिभ करियर ईन्सिच्युट प्रा.लि (जेसिआई) नेपाल विरु बराईली, राजन लोहनी, राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल महानगर कमिटी सचिव भलि सुब्बा, तागेर व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरकी संचालिका गीता धिमाललगायतको उपस्थित थियो ।

तालिमको शुभारम्भ गर्दै वडाअध्यक्ष भगतले महिलाहरूलाई यस्ता सिपमुलक तालिमले आत्मनिर्भर बनाउन सहयोग मिल्ने बताए । उनले महिलालाई आत्मनिर्भर बनाउन वडाले सीप मुलक तालिम र क्षमता अभिवृद्धी गर्ने कार्यक्रमहरू पनि गर्दै आएको जानकारी गराए ।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

Ujala khatun
September 20, 2021 8:57 PM

Malai pani kuna talima chahiyo

Bhumika Mandal
September 20, 2021 11:08 PM

Yes

Sonika phuyal
September 21, 2021 11:24 AM

Good

प्रतिक्रियाहरू बन्द छन्।