विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सामाजिक न्याय, समानतामा आधारित समावेशी समाज निर्माण गर्नु संविधानको मुख्य ध्येय भएको बताएका छन् ।
सातौं संविधान दिवशको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख अधिकारीले राजनीतिक स्थीरता, दिगो शान्ति, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने बताएका छन् । उनले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभभावना सहित शुभकामना व्यक्त गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्ने पनि बताएका छन् । त्यसो हुन सकेको खण्डमा मात्र देशमा राजनीतिक स्थीरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने उनको विश्वास छ ।
प्रदेश प्रमुख अधिकारीले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही जनतालाई सुशासनको अनुभूति दिलाउँदै असल र जनउपयोगी संस्कार दिन सक्नुपर्ने पनि बताएका छन् ।
शुभकामना सन्देशको पूर्ण पाठ
स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, सार्वभौम अधिकार, स्वायत्तता, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र अग्रगामी परिवर्तनका लागि निरङकुश जहाँनिया शासन, तानाशाही निर्दलीय एकतान्त्रीक शासन व्यवस्थाबाट मुक्त गर्न आ˙नो जीवन उत्सर्ग गर्ने सबै महान शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा श्रद्धासुमन अर्पण गर्दछु । बेपत्ता र पीडित नागरिकहरुको उच्च सम्मान व्यक्त गर्दै शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धि संविधान दिवसको पावन अवसरमा ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभभावनासहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उत्तरोत्तर प्रगति, उन्नति, सु–स्वास्थ्य, दीर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको छ । देशमा राजनीतिक स्थीरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुनेछ । वीर शहीदहरुका सपनाहरुलाई पूरा गरी तन, मन, वचन र कर्मले समृद्ध नेपाल सुखी नेपाली बनाउन अग्रसर हुनुहुने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु ।
जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, बालअधिकार, अपाड्डता भएका व्यक्तिहरुका अधिकार, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका अनि कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही जनतालाई सुशासनको अनुभूति दिलाउँदै असल र जनउपयोगी संस्कार दिनसकौं भन्ने भावनाका साथ समृद्ध राष्ट्र निर्माणमा जुटिरहने आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पुनः छैटौं संविधान दिवशको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सोमनाथ अधिकारी ‘प्यासी”
प्रदेश प्रमुख