लोड हुँदैछ...

मेनु

संघीय लिम्बुवान मञ्चको लेटाङ अध्यक्षमा राई

संघीय लिम्बुवान मञ्चको लेटाङ अध्यक्षमा राई

कानेपोखरी । मोरङको लेटाङ नगरपालिका ३ गुहाबारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले तेस्रो नगर अधिवेशन सम्पन्न गरेको छ ।

लेटाङ ६ को महाभारत सामुदायिक वनको सभाहलमा बुधबार सो कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले किशोर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हंस लिम्बू, उपाध्यक्षमा दिनेश लिम्बू, सचिवमा शेर सिंह लिम्बू, सहसचिवमा राम लिम्बू, लक्ष्मी लिम्बू, पदम चेम्जोंङ, लाल धोज लिम्बू चयन भएका छ्न् ।

सदस्यहरूमा नविना राई, बिष्णु कुमारी लिम्बू, प्रतिक राम सांवा, याम नेम्बाङ, जीवन चेम्जोङ, निरज लावती, झलक लिम्बू, बुद्धीमान विक, बिजयजंग चेम्जोङ, गोबिन्द चेम्जोङ, लक्ष्मी लिम्बू, हरेन्द्र राई, नरकुमार लिम्बू, हरि चेम्जोङ, देबेन्द्र लिम्बू, पूर्ण लावती लिम्बू, भीम प्रकाश योङ्हाङ, चन्द्र लिङ्दम, भीम राज लिम्बू, टीका मिभक, कविता तामाङ र बिबेक लिम्बू रहेका छ्न् ।

अधिवेशनमा संघय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, जिल्ला अध्यक्ष दिलु लिङ्देन, लिम्बुवान मञ्च नगर कार्यवाहक अध्यक्ष किशोर राईसहित केन्द्र, जिल्ला, नगरका अन्य नेताको सहभागीता थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरूङले राष्ट्रिय लिम्बुवान मञ्च समावेशी राजनीतिक पार्टी भएको बताए । उनले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने आफुहरुले माग गर्दै आएको बताए । अधिवेशन कै क्रममा ३७५ जनालाई क्रियाशिल सदस्यता प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।