विराटनगर । नेपाल भारत मैत्री समाजको दशौं साधरणसभा सम्पन्न भएको छ । साधरणसभाबाट अध्यक्षमा किरण आचार्य चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा बेनि गोपाल मुन्दडा र देबकिनन्दन अग्रवाल, महासचिवमा जयकमल अग्रवाल चयन भएका छन् ।
यस्तै सचिवमा भैरवप्रसाद रिजाल, पशुपती नेपाल र शिवा उपाध्याय, कोषाध्यक्षमा घनश्याम राठी चयन भएका छन् । सदस्यहरुमा महावीर ब्यास, रामजीवन अग्रवाल, अनिल शाह, देवेन्द्र सेठिया, सुदिप रिजाल निर्वाचित भएका छन् ।
यस्तै सल्लाहकारहरूमा संस्थापक अध्यक्ष भीखमचन्द सरल, पूर्व अध्यक्षहरू मुकेश उपाध्याय, डा. नारायण कुमार तथा निवर्तमान अध्यक्ष मोहनलाल कोठारी, प्रा.डा. मेदिनिप्रसाद शर्मा, शङ्करलाल अग्रवाल रहेको सचिव पशुपति नेपालले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।