कानेपोखरी । पाँचथर हिलिहाङ ४ निवासी हाल मोरङ पथरी शनिश्चरे ३ संगम चोकमा बसोबास गरिरहेका बिरामी आइन्द्र पाँचकोटीलाई हिलिहाङ निवासी हाल विदेशी भूमि मलेशियामा कार्यरत हिलिहाङ बासी र अन्य जिल्लाका केहि व्यक्तिले संयुक्त रुपमा ४४ हजार रुपैयाँ सहयोग गरेका छ्न् ।
सहयोगीहरू लिम्बू गान्धी योङ्हाङ, देव शाही, योगेन्द्र योङ्हाङ, केपि अधिकारी, लक्ष्मी योङ्हाङ, लक्ष्मण गौतम, नगेन्द्र ढकाल, बुद्धमान तामाङ, प्रकाश तामाङ थिङ, बाबू कान्छा, बुद्धमान तामाङ मार्फत इन्डस्ट्रीज कम्पनीबाट, किशोर राई, बबिन्द्र योङ्हाङ, नरेश नेम्बाङ, पृथ्वीनारायण चौधरी, दिनेश खवास, बुद्धिमान काम्बाङ, प्रकाश बास्कोटा, दुर्गा ओझा, मेदनी अधिकारी, गोपाल आचार्य, एनबि बैरागी, दीपक थापामगर जिल्ला तनहुँ, डिएक्सेन युथ ग्रुपबाट मकनसिंह तामाङमार्फत संयुक्त रूपमा सो रकम संकलन गरेर नेपाल पठाएका हुन् ।
साउदी अरबमा काम गर्ने क्रममा बिरामी परेका उनको लामो समय त्यस ठाउँमा उपचार भयो । तर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनी घर फर्किए । लामो समयदेखि दाहिने खुट्टामा समस्या आइ हाल प्यारालाइसिसको पीडा भोगिरहेका उनको अहिले उपचार भइरहेको छ ।
पारिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको उपचारमा समस्या भइरहेको छ । त्यसकारणले उनको उपचारमा सम्पूर्ण मनकारी देश तथा विदेशमा रहेका नेपालीले सहयोग गर्नुपर्ने उनीहरुको अपिल छ ।
सहयोगका लागि पब्लिक बैंकको खाता नं. ४–५५२१२४८०–३ र अन्य कुराहरू जानकारी लिन योगेन्द्र योङहाङको ०१८४७२१८७२ र बबिन्द्र योङ्हाङ्को ०११२१०२७०९१ मा सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
बिरामीलाई कानेपोखरी गाउँपालिकाका राजनीतिज्ञ एवं समाजसेवी बिवेक योङ्हाङले मंगलबार सो रकम एकमुष्ट हस्तान्तरण गरेका छ्न् । केही समयअगाडि पाँचकोटीलाई कोरियाबाट ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

