विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीमा १ करोड २० लाख रूपैयाँ लागतमा ‘न्यू सेप जिम एण्ड फिट्नेश वल्र्ड’ संचालनमा ल्याइएको छ ।
सितोरियो करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर (रिक्की) ले बुधबारदेखि जिम र फिट्नेश गर्नेहरूको लागि संचालनमा ल्याएका हुन् । उक्त फिटनेशको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरेका थिए ।
१ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न भवनमा अत्याधुनिक उपकरणहरू जडान गरि जिम एण्ड फ्टिनेश वल्र्ड संचालनमा ल्याएको उनले बताए । फिट्नेशमा कराते, बक्सिङ्ग, पर्सन टे«निङ्गहरू हुनेछ । ‘फिटनेशमा आउने सेवाग्राहीहरूको लागि हामीले दक्ष र अनुभवी प्रशिक्षकहरू राखेका छौं,’ सञ्चालक मगरले भने । यहाँ दुई जना महिला प्रशिक्षक र तीन जना पुरूष प्रशिक्षकहरु रहेका छन् । प्रशिक्षकहरूमा मिस्टर मोरङ भएका प्रवित राजवंशी, कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर, ललिता राई, रचना भट्टराई, मनु मुखिया रहेका छन् । फिटनेशमा आउनेहरूका लागि प्याकेज बनाएको छ । ५ हजार ५ सय रुपैयाँमा तीन महिना, १० हजारमा ६ महिना र १ वर्षको १८ हजार रुपैयाँ शुल्क रहेको छ ।
Hmro daju lai badhai xa
Fitness
धेरै राम्रो कार्यको सुरूवात हो, यश क्षेत्रमा रहेका सबैले आ आफ्नो स्वास्थयको ख्याल राखोस ।