पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । १५ वर्षको उमेरदेखि क्रिकेट खेलको सुरुवात गरेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा आज बिहान स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्। उनले नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।

‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले फेसबुकमा लेखेका छन्, ‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गरें। मेरो जीवनमा मैले देखेको सपना भनेको नै मैले नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ ।’ उनले इमानदारिताका साथ काम गर्ने हो भने नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास पनि व्यक्त गरेका छन् ।

मङ्गलबार, १९ साउन, २०७८, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर