विराटनगर । विराटनगर महानगरपालिका–११ बसपार्कस्थित मृत अवस्थामा एक जना महिला फेला परेकी छिन् । बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला आज मृत अवस्थमा फेला परेकी हुन् । घटना स्थलमा अहिले मोरङ प्रहरी र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को टोली पुगेको छ ।
घटनाको थप विषय आउन बाँकी रहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘घटना स्थलमा प्रहरी टोली पुगेको छ,’ उनले भने, ‘थप विषय खुल्न बाँकी छ ।’


