जसपा विभाजन हुने निश्चित

काठमाडौं । एक वर्षअगाडि तत्कालिन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजन हुने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले आज निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै छुट्टा–छुट्टै ढंगले अगाडि बढ्न चाहेको जवाफ दिएपछि विभाजन हुने निश्चित भएको हो ।

निर्वाचन आयोगमा भएको छलफल पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै ठाकुरपक्षीय नेता केशव झाले आफूहरुले अझै पनि विचार–विमर्श गरौँ, एकतालाई जोगाऔँ भनेको बताए । तर, यादव पक्षले नमानेको उनको दाबी छ ।

दुवै पक्षको यस्तो जवाफ आएसँगै अब निर्वाचन आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्न आग्रह गर्ने भएको छ ।

आजको बैठकमा ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झालगायतका नेताहरू सहभागी थिए भने उपेन्द्र यादव पक्षबाट नेता यादवसहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी थिए ।

मङ्गलबार, २२ असार, २०७८, दिउँसोको ०४:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर