विराटनगर । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ४ हजार ९१४ जना कोरोना मुक्त भएका छन् ।