लोड हुँदैछ...

मेनु

मेरिल्याण्डद्वारा तीन संस्थालाई खाद्यान्न प्रदान

मेरिल्याण्डद्वारा तीन संस्थालाई खाद्यान्न प्रदान

विराटनगर । विराटनगर ७ मा रहेको मेरिल्याण्ड कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

कलेजले लकडाउनको अवधिमा खाद्य संकट भएकालाई खाना खुवाउने, गरिबलाई खाद्यान्न सामग्री वितरण गर्ने संस्थालाई खाद्यान्न प्रदान गरेको हो ।

कलेजले भोकालाई खाना खुवाउने हाम्रो अभियानलाई १५ केजीको चामल २५ बोरा, विराटनगर दक्षिणी भेगमा रहेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको विराटनगर– १७ मा रहेको युथ युनिटी अफ नेपाललाई १५ केजीको चामल १५ बोरा, विराटनगरका विभिन्न स्थानमा रहेका विपन्न वर्गलाई राहत वितरण गर्दै आएको परिवर्तका लागि हातेमालो संस्थालाई १५ केजीको चामल १५ बोरा र स्थानीय ५ मजदुर परिवारलाई ५ बोरा चामल वितरण गरेको छ । कलेजका निर्देशक भेषराज पोखरेलसहित नन्दकिशोर अग्रवाल र प्रदिप भगतलगायतले सामाग्री प्रदान गरेका थिए ।

कोरोना माहामारीका कारण बन्द भएपनि कलेजले शैक्षिक गतिविधिलाई रोकेर सामाजिक कार्यमा लागिपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।