विद्यार्थीको नम्बर हैन, शीपमा ध्यान दिन्छौं

 पुरुषोत्तम गौतम, प्राचार्य (सप्तश्री एकेडेमी, दमक)

२०४८ सालदेखि निरन्तर शैक्षिक क्षेत्रमा कार्यरत  पुरुषोत्तम गौतम हाल झापाको दमकस्थित सप्तश्री एकेडेमीका प्राचार्य छन् । लामो समयको शैक्षिक क्षेत्रको अनुभब संगालेका उनले अर्थशास्त्र बिषयमा एमए, शैक्षिक प्रशासन तथा ब्यबस्थापनमा एक बर्षे बिएड तथा परामर्श मनोविज्ञान बिषयमा एक वर्षे पोस्ट ग्रेजुएट डिप्लोमा गरेका छन् । शिक्षामा नविनतम प्रयोगमा जोड दिँने उनी ‘प्रबिधिमैत्री शिक्षक समाज नेपाल’का संस्थापक सदस्य तथा हाल उक्त संस्थाको तकनिकी विभागमा छन् । शिक्षकका लागि आवश्यक सबैखाले तालिम संचालनमा समेत उनको लामो अनुभब छ ।

तपाईंको आफ्नै बारेमा केहि बताईदिनुस् न ।
विगत ३० वर्षदेखि म शैक्षिक क्षेत्रमा लागि परिरहेको छु । शिक्षाका क्षेत्रमा केही राम्रो गर्न सकिन्छ कि भनेर मेहनत गर्दैछु । आफ्नो पेशागत धर्म पालन गर्न मन पराउंछु । आफूलाई भन्दा नानिबाबुहरूलाई शीरमा राखेर काम गर्न मन पराउने मान्छे हुँ । जुनसुकै क्षेत्रमा काम गरे पनि पेशागत आदर्श छोडेन भने केही गर्न सकिन्छ भन्ने कुरामा बिश्वास गर्छु । चाकरी र चाप्लुसीमा बिश्वास गर्दिन । विद्यालयमा काम गर्ने साथीहरूमा शिक्षणप्रतिको लगाब हुनुपर्छ भन्ने कुरामा बिश्वास गर्छु ।

तपाई कार्यरत सप्तश्री एकेडेमी कस्तो शैक्षिक संस्था हो ?
संस्कार, प्रविधियुक्त शिक्षा, तथा २१ औँ मा शताब्दीका सीप विकासमा काम गर्ने एउटा स्कूल हो, सप्तश्री । तहगत ज्ञानमा मात्र बिश्वास नगर्ने तथा विद्यार्थीहरूमा भोलिका लागि आवश्यक पर्ने सीप विकासमा काम गर्ने स्कूल हो, यो । विद्यार्थीहरूमा बहुबिधामा सहयोग गर्न हरसम्भव काम गर्ने स्कूल हो ।

विद्यार्थीले सप्तश्री नै किन रोज्ने त ?
सप्तश्री केवल बिषयगत ज्ञानको कुरामा मात्र बिश्वास गर्दैन, बरू बहुआयामिक सीपयुक्त शिक्षामा बिश्वास गर्छ । भोलिका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने क्रममा पढाइलगायत प्रबिधि, एक्काइसौँ शताब्दीका मूख्य सीपहरू त्यसमा पनि (आलोचनात्मक सोच, रचनात्मकता, सहकार्य तथा संचारमा मिहिन रूपमा काम गर्ने प्रयत्न स्कूलले गरिरहेको छ र भविष्यमा पनि निरन्तर यो काम गर्नेछ । शिक्षालाई जीवनसँग जोड्न सप्तश्रीले प्रमुख भूमिका खेल्नेछ । शिक्षा हासिल गर्नु भनेको जीवनका लागि तयार हुनु पनि हो । त्यसैले सप्तश्री एउटा त्यस्तो स्कूल हो, जहाँ नानिबाबुहरूलाई जीवनका लागि तयार पार्न सहयोग गरिन्छ । त्यसैले सप्तश्री सबैको रोजाइ बन्नसक्छ ।

आगामी शैक्षिक योजना के छन् ?
सप्तश्रीलाई पूर्बकै उत्कृष्ट बिद्यालय बनाउने पहल गरिनेछ । सारमा भन्ने हो भने बिद्यालयमा कार्यरत तथा नयाँ नियुक्ति पाउनुभएका शिक्षक तथा कर्मचारीहरूका लागि आवश्यक तालिमको ब्यबस्था गर्ने, विद्यार्थीहरूमा आवश्यक सीप बिकासमा काम गर्ने तथा बालबालिकाको शिक्षामा अभिभावकको भूमिकामा गहन हिसाबले काम गर्ने लक्ष छ ।

अन्य स्कुल र सप्तश्रीमा फरक के छ ?
मैले पहिले नै भनिसकेको छु, हाम्रो विद्यालयले ‘जीवनका लागि शिक्षा’ भन्ने मूल मन्त्रमा काम गर्ने प्रयत्न गर्छ । पढाइ एउटा कक्षाबाट अर्कोमा जानका लागि मात्र होइन, जीवनका हर मोडका लागि हो भन्ने कुरामा पक्षपोषण गर्दै अघि बढ्छौं । विद्यार्थीले पाएको नम्बरले भन्दा पनि उसमा विकास भएको अत्यावश्यक सीपले उसलाई जीवनमा अघि बढ्न मद्दत गर्छ भन्ने कुरामा बिद्यालय दृढ बिश्वास गर्छ । यो नै हाम्रो फरकपन हो । यो नै हाम्रो भिन्नता हो, यो नै हाम्रो बिषेशता हो ।

Supported only between 1944-2022