विराटनगर । लागुऔषधको गैरकानूनी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैंचा नगरपालिका ६ स्थित डिपु चोकमा चेकजाँच गर्ने क्रममा २६ वर्षे गोपाल विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले विशेष सूचनाका आधारमा आकस्मिक चेकजाँच गरेको थियो ।
विश्वकर्माले बोकेको झोलामा विभिन्न प्रकारका लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई लागुऔषध कारोवार सम्बन्धी कसुरमा कारवाही गर्न थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

