विराटनगर । पहिरोले पुरेर सोमबार पाँचथरको याङवरक गाँउपालिका २ फलौचामा एक जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा इन्द्रवति प्रावि याङ्वरक २ का ५८ शिक्षक टेकनाथ धौराली रहेको बताइएको छ ।
उनीसँगै कुलो बनाउन गएका खड्प्रसाद राई पनि घाइते भएको प्रहरीले जनाउक्ँे छ । उनीहरु बिहानको समयमा फलौचा स्थित नुवाखोलाको कुलो बनाउँदै गर्दा माथिबाट पहिरो झरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

