विराटनर्सिङ होममा घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आईसियु सञ्चालनमा

विराटनगर । विराटनर्सिङ होमले १४ बेडको अत्याधुनिक मोडुलर आईसियु साथै अर्को ११ बेडको न्यूरो सर्जिकल आईसियु सञ्चालनमा ल्याएको छ ।

न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आईसियु प्रदेश नं. १ का माननीय आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । मोडुलर आईसियुमा संक्रमणको दर अत्यन्तै न्यून रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसँग छुटाएर राख्न ४ वटा बेड रहेको पूर्वी नेपालकै पहिलो मोडुलर आईसियु बनेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराइज व्यवस्था गरिएको सुविधा सम्पन्न मोडुलर आईसियुबाट सहज हुने र यस्तो कोभिडको बेलामा घरबाटै बिरामीहरुको आफन्तहरुले बुझ्न र भिडियो हेर्न सकिने आईसियु इन्चार्ज डा.ललित राजबंशीले बताए ।

डा. राजबंशीको टिमले जटिल बिरामीहरुलाई आईसियु र भेन्टिलेटरमा राखेर उपचार गर्दछ । अब विराटनर्सिङ होममा विभिन्न विभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आईसियु भएको छ ।

बुधबार, २६ जेठ, २०७८, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर