उद्योगपति घिमिरेद्वारा अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण

इटहरी । इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एसजी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गएको छ ।

अर्गनाइजेसनका अध्यक्ष एवं उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए ।

उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान, साथै रेगुलेटरसहितका अन्य स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । आइसोलेसनमा २६ जना कोरोना संक्रमित भर्ना भएको पौडेलले बताए ।

उवासंघसहित प्रेस युनियन सुनसरी, मारवाडी सेवा समिति इटहरी, नेपाल युवा उद्यमी मञ्च, श्री कृष्ण प्रणामी मन्दिरसहितका संस्थाहरुको समन्वयमा आइसोलेसन सञ्चालनमा आएसँगै यहाँका नागरिकहरूले सेवा लिइरहेका छन् । यसैबीच सोही अग्रनाइजेसनले इटहरी उपमहानगर पालिका कार्यलयलार्इ समेत सोहि परिमाणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

इटहरी उपमहानगरपालिकाले इटहरीस्थित रंगशालामा संचालन गरेको आइसोलसनका लागि इटहरीका प्रमुख द्वारिकलाल चौधरीलाई अर्गनाइजेसनका अध्यक्ष घिमिरेले अक्सिजनसहितका सामग्री हस्तान्तरण गरेको हो ।

मङ्गलबार, २५ जेठ, २०७८, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर