लोड हुँदैछ...

मेनु

संक्रमितको घरमा सेनिटाइजर छर्कंदै बेलबारी

संक्रमितको घरमा सेनिटाइजर छर्कंदै बेलबारी

बेलबारी । मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्वयमा स्वमंसेवक विद्यार्थीहरुले नगर भित्रका कोरोना संक्रमितहरुको घरघरमा पुगेर सेनिटाइजर छर्कने काम गरिरहेका छन् ।

नगरपालिकामा कोरोना संक्रमण घटाउने उद्देश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्रीहरु समेत वितरण गर्ने गरिएको छ ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने विद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन, पिपिई पञ्जा, मास्क तथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds