पाँचथर । पाँचथर जिल्ला स्थित मेची राजमार्गको राँके बजारमा स्वास्थ्यकर्मी सहितको एन्टिजेन परिक्षण तथा नागरिक स्वास्थ्य, साहायता कक्ष बनाउन माग गरिएको छ ।
आइतबार फागुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले कोभीड क्राइसिस म्यानेजमेन्ट कमिटी (डिसिसिएमसी) को छलफल कार्यक्रममा गाउँपालिकाको तर्फबाट सो माग पेस गरेका हुन् ।
फागुनन्द गाउँपालिकामा पर्ने राके बजार मेची राजमार्गको मुख्य सिमाना नाका हो ।
यस क्षेत्रमा आवत जावत गर्ने ब्यक्तिको तत्काललै एन्टिजेन परिक्षण गरि नतिजा अनुसार कोरोना सङ्क्रमित सोझै जिल्ला प्रवेश गर्ने र अन्य जिल्ला जान समेत नपाउने भएकाले यो नियम कार्यनयन गर्ने प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकाल लाई गाउँपालिकाले ध्यानाकर्षण गराएको हो ।
पटक पटक प्रयास गरेपनी गाउँपालिका एक्लैले स्वास्थ्यकर्मी सहितको एन्टिजेन परिक्षण कक्ष बनाउन नसकेकाले जिल्ला प्रशासन सँग समन्वयका लागी अनुरोध गरिएको गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुङ्बाङले बताए ।
गाउँपालिका ले यस अगि राके बजारमा नागरिक स्वास्थ्य तथा साहायता कक्ष सन्चालन गरेको छ।