काठमाडौं । पार्टी एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्तावको कुनै अर्थ नभएको प्रतिकृया नेपाल पक्षले दिएको छ । एकताको आव्हानलाई नेपाल पक्षले खारेज गरेको भन्दै प्रस्ताव अस्वीकार गर्ने संकेत पनि गरेको छ ।
नेपाल समूहले आज बस्ने स्थायी कमिटीको बैठक पछि प्रस्तावका सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान १० बजे स्थायी कमिटीको बैठकमा प्रस्तावका विषयमा छलफल गरी धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वी सर्त राखिएको छ ।