लोड हुँदैछ...

मेनु

प्रदेश १ : कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७१, मोरङमा सबैभन्दा बढी ३०५ को मृत्यु

प्रदेश १ : कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७१, मोरङमा सबैभन्दा बढी ३०५ को मृत्यु

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ७१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार २९१ महिला र ६८० जना पुरुषको कोरोनाकै कारण ज्यान गएको हो । जसमा झापामा २१४, मोरङमा सबैभन्दा बढी ३०५, सुनसरीमा २४६, धनकुटामा २२, भोजपुरमा १, उदयपुरमा २३, संखुवासभामा ७, तेह्रथुममा ५, इलाममा १७, पाँचथरमा ४, ताप्लेजुङमा ५ र अन्य जिल्ला नखुलेका १२२ जना रहेका छन् । हालसम्म खोटाङ र सोलुखुम्बुमा भने कोरोना संक्रमणकै कारण मानिसको मृत्यु नभएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैबीच मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टायता प्रदेश १ मा कोरोना संक्रमणका कारण ६ महिला र ९ पुरुषको मृत्यु भएको छ ।

जसमा झापामा ३, मोरङमा ५, सुनसरीमा २, उदयपुरमा २, संखुवासभामा १, इलाममा १ र जिल्ला नखुलेका १ जनाको मृत्यु भएको हो । प्रदेश १ मा आज ९५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds