माधव नेपाल पक्षीय एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । दुई दिन लगातार केन्द्रीय समितिको बैठक बसेको नेकपा एमालेको माधव नेपाल पक्षले आज दिउँसो १ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको छ । नेपाल पक्षको आजको बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

नेकपा एमाले भित्रको अन्तर संघर्ष चरम अवस्थामा रहेको बेला बस्न लागेको बैठकले नेपाली राजनीतिक मैदानमा नयाँ पार्टीको भ्रुण विकास गर्नसक्ने आंकलन पनि गरिएको छ । नेताहरुले भने आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताएका छन् ।

उक्त समूहको दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको ढोका खुला राख्ने तर अलमलिएर बस्न नहुने निष्कर्श निकालेको थियो ।

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन् ।

शनिबार, २२ जेठ, २०७८, बिहानको ०९:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर