औषधी व्यवसायी संघका महासचिव पक्राउ, औषधीको चरम दुरूपयोगको आरोप

विराटनगर । औषधीको चरम दुरूपयोग गरि कमाउ धन्दामा लागेको आरोपमा नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिव विरेन्द्र कुमार झा पक्राउ परेका छन् ।

उनले होलसेल औषधी पसल खोलेर लागूऔषध प्रयोगकतालाई औषधी बिक्री बितरण गरेकोे पाइएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा गोपिकृष्ण मेकिडल हल औषधीको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधी बिक्री वितरण गरेको भेटिएको थियो ।

संघका महासचिव रहेका झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधी लागूऔषध प्रयोगकर्तालाई बिक्री गर्ने गरेको फेला परेको ओषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

यी तीन वटा औषधी मिलाएर दुव्र्यसनीहरूले लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रुपमा भित्रने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ ।

प्रिगाभालिन नशा च्यापिएका विरामीले प्रयोग गर्दछन् । यस्तै ट्रामाडोल क्यान्सका विरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न विरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । तर, कमाउ धन्दामा लागेका औषधी व्यवसायी संघका महासचिब झाले महँगो मूल्यमा उक्त औषधि दुव्र्यसनीलाई बेच्ने गरेको विभागका प्रमुख शर्माले जानकारी दिए ।

झाको पसलदेखि औषधी खरिद गर्ने लागूऔषध दुव्र्यसनीलाई पनि विभागले बिहीबार पक्राउ गरेको छ । विभागले उदयपुरको बेलका नगरपालिकाको १८ वर्षीय पर्शुराम दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेका दर्जी लागूऔषध प्रयोगकर्ता हुन् । दर्जी पक्राउ परेपछि संघका महासचिव झाले औषधीको अनुचित प्रयोग गर्ने गरेको खुलेको हो ।

लागूऔषध प्रयोगकर्तालाई औषधीको अनुचित प्रयोग गर्दै बिक्री गर्ने झाको पसल अर्को निर्णय नभएसम्मको लागि शिलबन्दी र उनलाई औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ अनुसार कारवाहीको दायरमा ल्याउने निमिक्त कार्यालय प्रमुख कट्टेलले जानकारी दिए । महासचिव झाले १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई महँगो मूल्य लिएर औषधी बिक्री गरेको विभागले जनाएको छ ।

यसअघि पनि लागूऔषध प्रयोगकर्तालाई झाले औषधीको अनुचित प्रयोग गर्दै बिक्री गर्ने गरेको भेटिएको थियो । विभागले यसअघि पनि झाको पसललाई शिल गरि कारवाही गरेको थियो ।

१८ वटा पसलमा अनुगमन, ६ वटा फार्मेसी शिलबन्दी

औषधी व्यवस्था विभाग विराटनगरले बिना दर्ताका ६ वटा औषधी पसल शिलबन्दी गरेको छ । उदयपुर, सुनसरी र सप्तरीको १८ वटा पसल बिहीबार अनुगमन गरेकोमध्ये ६ वटा फार्मेसी शिलबन्दी गरेको हो ।

शिलबन्दी गरिएको विभागमा दर्ता बिनै संचालन गरेको, ठाउँ सारी नगरिएको र व्यवसायी नभएको पसल विभागले शिलन्दी गरेको छ । विभागले उदयपुरको बेलका नगरपालिका–४ मा रहेको संजिवनी मेडिकल हल, सोही ठाउँमा रहेको सरिता उपचार केन्द्र, उदयपुरको रामपुरमा रहेको बरहाक्षेत्र फार्मेसी, सोही ठाउँको सामुदायिक अस्पताल परिसरभित्र नाम नखुलेको फार्मेसी, सप्तरीको फतेपुर नगरपालिको अनकुल औषधी पसल शिलबन्दी गरेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

संजिवनी मेडिकल हल औषधी व्यवस्था विभागमा दर्ता भए पनि व्यवसायी नभएको प्रमाण पत्र नभएका कारणले शिलबन्दी गरि विभागमा उपस्थित हुन निर्देशन गरेको छ । यसैगरी बेलका ४ मा रहेको उपेन्द्र यादवले संचालन गरेको बिना दर्ताको फार्मेसी शिलबन्दी गरेको छ । यस्तै बराहक्षेत्र फार्मेसीले विभागले सुनसरीमा अनुमति लिएर ठाउँ सारी नगरी उदयपुरमा औषधी पसल संचालन गरेको भेटिएको कारणले बन्द गरिएको विभागले जनाएको छ ।

यस्तै रामपुर सामुदायिक अस्पताल परिसर भित्र नाम नखुलेको फार्मेसीमा विभागमा दर्ता नभएको र कक्षा ११ पढ्दै गरेको व्यक्तिले औषधी बिक्री वितरण गरेको भेटिएको थियो । सप्तरीको फत्तेपुर नगरपालिको अनकुल औषधी पसलमा व्यवसायी नभएको कारणले विभागले शिलबन्दी गरेको जनाएको छ । उक्त पसलमा विभागबाट एलोपेथी औषधी बिक्री गर्ने अनुमित लिएको छ । तर, धेरै परिमाणमा आर्युवेद औषधी संचय गरेको भेटिएको थियो ।

अनुगमनको क्रममा विभागले पसलदेखि बिर्ना दर्ताको सेनिटाइजर र ठूलो परिमाणमा खाद्य पुरक सामाग्री पनि बिक्री वितरण गरेको भेटिएको कट्टेलले जानकारी दिए । शिलबन्दी गरिएको पसललाई विभागले एक हप्ता भित्रमा सम्पूर्ण कागजपत्र लिएर उपस्थित हुन निर्देशन पनि दिएको छ । पछिल्लो समय दर्ता बेगारको फार्मेसी खोलेर औषधीको अनुचित रूपमा प्रयोग र कालोबजारी हुने गरेको पाइएपछि विभागले अनुगमनलाई तीव्रता दिएको कट्टेलले जानकारी दिए ।

बिहिबार, २० जेठ, २०७८, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर