कोरोनाका कारण २४ घण्टामा मोरङमा ८ सहित प्रदेश १ मा २२ को मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा २४ घण्टायता मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टा यता मृत्युहुनेहरुमध्ये ९ जना महिला र १३ जना पुरुष रहेका छन् । यि मध्ये सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको छ । यस्तै झापामा ५, सुनसरीमा ३, धनकुटामा २, उदयपुरमा १ र अन्य जिल्ला नखुलेका ३ जनाको मृत्यु भएको हो । योसँग प्रदेश १ मा हालसम्ममा मृत्यु हुनेको संख्या २७५ महिला र ६५० पुरुष गरी ९२५ पुगेको छ ।

यस्तै प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ भने कोरोना संक्रमितको संख्या भने ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या अझै २० हजार १०५ रहेको छ । प्रदेश १ मा आज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

बुधबार, १९ जेठ, २०७८, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर