पाँचथर । पाँचथर उद्योग बाणिज्य संघको अभियानले खरिद गरेका स्वास्थ्य सामग्री मंगलबार पाँचथर अस्पताल लाई हस्तान्तरण गरिएको छ ।
५५ लाख ६० हजार मुल्यको १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्स्ट्रेटर, ४० केजी क्षमताका ५० थान अक्सिजन सिलिण्डर, पाँचथान मल्टिपारामिड, १ सय थान अक्सिमिटर वितरण गरिएको संघका अध्यक्ष दिपक नेपालले बताए ।
सामाग्री पाँचथर अस्पतालका प्रमूख डाक्टर वुद्धीबहादुर थापालाई पाँचथरका प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र जिसस प्रमुख बिष्णुप्रसाद साप्कोटाको उपस्थितिमा हस्तान्तरण गरिएको संघका अधिकृत भिम कार्कीले बताए ।
जिल्ला र जिल्लाभन्दा बाहिरका आम नागरिकले नगद सहयोग गरेको संघको अभियानमा यसभन्दा पहिले पनि पाँचथर अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरिसकेको माहासचिव नवराज घिमिरेले जानकारी दिए ।