विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त हुँदा ६ महिला र ११ पुरुष गरी १७ जनाको भने मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण सबैभन्दा बढी मोरङमा ७ जनाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३, झापामा १, धनकुटामा १ र अन्य जिल्ला नखुलेका ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ महिला र ६ सय ३१ महिला गरी ८ सय ९३ जना पुगेको छ । कोरोनाकै कारण सबैभन्दा धेरै मृत्यु हुनेको जिल्ला मोरङ रहेको छ । मोरङमा हालसम्म ७७ जना महिला र २०१ जना पुरुष गरी २७८ जनाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ८१ महिला र १४९ पुरुष, झापामा ५७ महिला र १४६ जना पुरुषको मृत्यु भएको छ । धनकुटामा ७ महिला र ११ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरमा ५ महिला र १३ पुरुष, संखुवासभामा ५ पुरुष, तेह्रथुममा २ महिला र ३ पुरुष, इलाममा ३ महिला र १२ पुरुष, पाँचथरमा ३ पुरुष, ताप्लेजुङमा ३ महिला र २ पुरुष तथा जिल्ला नखुलेका अन्यमा २७ महिला र ८५ पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा कोरोना संक्रमणका कारण कसैको ज्यान गएको छैन ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७ महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।