न्युरोमा संक्रमितको सुरक्षित प्रसुति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले सुरक्षित रूपमा नवजात शिशुलाई जन्म दिएकी छन् ।

विराटनगर घर भएकी ३३ वर्षीय महिलाकोे मदर एण्ड चाइलड अस्पतालले नर्मल डेलिभरीबाट सुरक्षित रूपमा प्रसुति गराएको हो ।

महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । कोरोना कहरबीचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरी गरिएको थियो ।

एक्कासी पेट दुखेपछि अस्पताल भर्ना भएकी ती महिलाको स्वास संलकन गर्दा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि स्वास्थ्य मापदण्ड पालना गर्दै मदर एउण्ड चाइल्ड अस्पतालमा संक्रमित गर्भवति महिलाको उपचार सुरू गरिएको थियो । अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले गभर्वती महिलाको कोखदेखि नवजात शिशुलाई जन्म दिन सफल भएको श्रीमान् पंकज कर्णले बताए ।

अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको तयारी गरेको छ ।

आइतबार, १६ जेठ, २०७८, दिउँसोको ०३:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर