लोड हुँदैछ...

मेनु

पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

विराटनगर । नेपाल पत्रकार महासंघ पाँचथर शाखा उपाध्यक्ष एकराज भण्डारीको कोरोना भाइरसकाे संक्रमणबाट निधन भएको छ ।

झापाको बिर्ता सिटी अस्पतालको भेन्टिलेटरमा ११ दिनदेखि उपचार गराइरहेका ५० वर्षीय भण्डारीकाे  शनिबार निधन भएको हो । पाँचथरको हिलिहाङ–५ सुभाङका स्थायी बासिन्दा भण्डारी फिदिम बजार स्थित कंचनजघा एकेडेमीका प्राध्यापक समेत हुन् । उनकाे श्रीमती, एक छोरा र दुई छोरी छ्न्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds